काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
समितिका सदस्य सुरेन्द्र पाण्डेले मिश्रको नाम बैठकले अनुमोदन गरेको जानकारी दिए । नाम अनुमोदन भएसँगै मिश्रराष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त हुनेछन् ।
संवैधानिक परिषद्को गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो ।
वरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया