राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले कार्यभार सम्हालेका छन्।
बिहीबार ४ वर्षे दोस्रो कार्यकालका लागि नियूक्त भएका उनले आइतबार कार्यभार सम्हालेका हुन्।
नयाँ कार्यभार सम्हालेसँगै श्रेष्ठले वैशाख महिना भित्र आगामी वर्षको बजेट तथा कार्यक्रम तय गर्ने निर्णय गरे।
आज विहान उनले सो सम्बन्धी फाइलमा हस्ताक्षर गरे।
विगतमा अपेक्षा गरेको भन्दा फरक धारबाट जानु पर्ने भएकोले धेरै नयाँ कार्यक्रम ल्याइने उनले बताए। कोरोनाले परेको प्रभावलाई अध्ययन गरेर आगामी योजना तयार पार्न लागिएको सीईओ श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
प्रतिक्रिया