सानिमा बैंकद्वारा रोकथाम कोषमा रु १० लाख सहयोग

५ बर्ष अगाडि

सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको  कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।
 
मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा  देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया