रिहा हुँदा भावुक बने छविलाल पौडेल

७ बर्ष अगाडि

काठमाडौं– आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा १२ जनालाई सफाइ दिएसँगै सोमबार छबिलाल पौडेल रिहा भएका छन् । 
डिल्लीबजार कारागारबाट रिहा हुँदा उनलाई समर्थकले बाजागाजासहित स्वागत गरेका थिए भने उनी दिलै भएपनि निर्दोष सावित भएको भन्दै भावुक बनेका थिए । 

अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा छविलाल पौडेलले असार २४ गते अदालतमा आत्मसमर्पण गरेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।


२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया