विश्वभर कोभिड–१९ सङ्क्रमणबाट एक लाख तीन हजारभन्दा बढीको मृत्यु, अमेरिकामा एकै दिनमा दुई हजार १०८ को मृत्यु

६ बर्ष अगाडि

कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ । 

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार ७६१ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या इटलीको नजिक पुगेको छ ।
इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणका कारण बढी व्यक्तिको मृत्यु हुने अन्य मुलुकमा स्पेन (१६ हजार ३५३), फ्रान्स (१३ हजार १९७), बेलायत (आठ हजार ९५८), इरान (चार हजार २३२), बेल्जियम (तीन हजार ३४६), चीन (तीन हजार ३३९) जर्मनी (दुई हजार ७३६०)र नेदरल्याण्डमा (दुई हजार ५११०)रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी अमेरिका (पाँच लाख तीन हजार १७७), स्पेन (एक लाख ६१ हजार ८५२), इटली (एक लाख ४७ हजार ५७७), फ्रान्स (एक लाख २४ हजार ८६९) जर्मनी (एक लाख २२ हजार १७१), चीन (८१ हजार ९५३), बेलायत (७३ हजार ७५८), इरान (६८ हजार १९२), टर्की ४७ हजार २९ र बेल्जियममा (२८ हजार १८) रहेको छ । इटली र स्पेनमा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो रफ्तारमा देखिएको छ । 

नेपाली समय अनुसार शनिबार साँझसम्ममा विश्वभर १७ लाख १० हजार ५८१ सङ्क्रमित भएका छन् भने एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ । त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् ।  विश्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या चीनमा सबैभन्दा बढी ९७७ हजार ५२५० रहेको छ । चीनले आन्तरिक सङ्क्रमण रोकिएको भन्दै लामो समयदेखि बन्द रहेको व्यवसायिक कामकाजलाई सावधानीका साथ सञ्चालन गर्ने घोषणा गरिसकेको छ । 

अमेरिका, इटली र फ्रान्समा निको भएर घर फर्किनेको सङ्ख्या न्यून रहेको छ तर चीन, स्पेन र जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या अमेरिका इटली र फ्रान्समाभन्दा तुलनात्मक रूपमा केही बढी रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया