प्रधानमन्त्रीको प्रश्न – के भइरहेको छ ? मूख्यमन्त्रीहरुको जवाफ - कोरोनाबाट बच्न पूर्वाधारहरू बढाउनुप-यो

५ बर्ष अगाडि

 सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीह?सँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । 

कोरोना भाइरस (कोभिड–१९) विरूद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । 

सो छलफलमा मुख्यमन्त्रीहरूले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको समय लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । अहिलेकै अवस्थामा लकडाउन खोलिए संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गर्दै लकडाउन केही समय थप गर्नुपर्ने उनीहरूको धारणा थियो । 

 यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरू थपिएको र अझ अत्यावश्यक पूर्वाधारहरू प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझबढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरूले जोड दिएका छन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन ?मबाट सबै मुख्यमन्त्रीह?सँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरूमा भइराखेका कामहरूको जानकारी लिएका थिए । 

भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीह?ले कोभिड–१९का वि?द्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरूको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासह?मा जोड दिने र समन्वयात्मक रूपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उनले बताए । 

यस्तै अहिले भइराखेका प्रयासहरू समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए । 

प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिने र ससंक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरू गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरूलाई स्पस्ट हुन आग्रह गरेको बताए । 

भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस् भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो । 

नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएकोहुनाले जीवन रक्षामा केन्द्रीत हुने र नागरिकलाई दुख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पस्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए । 

सरकारले योजनाबद्ध रूपले काम गरेको स्पस्ट पार्दै कुनैपनि समय वा १५/१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजि नगर्नपनि मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रेस सल्लाहकार थापाले बताए । 

जनतामा मनोबैज्ञानिक त्रास नहोस् भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया