कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

६ बर्ष अगाडि

कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या १ लाख नाघेको छ ।

केहीबेर अघिको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ३ सय ७६ जना मानिसको मृत्यु भएको हो । 

जोहन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाबाट संक्रमित भएका १६ लाख ३१ हजार ३ सय १० जनामध्ये  ३ लाख ६८ हजार ६६९ भने निको भइसकेका छन् । 

अहिलेसम्मको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीमा १८ हजार ८ सय ४९ जना रहेका छन् । 

इटलीमा १ लाख ४३ हजार ६ सय २६ जना संक्रमित भेटिएका मध्ये ३० हजार ४ सय ५५ जना निको भएका छन् । 

मृत्यु हुनेमा दोश्रोमा स्पेनमा १५ हजार ९ सय ७० जना छन् । जहाँ १ लाख ५७ हजार २२ जना संक्रमित भेटिएका मध्ये ५५ हजार ६ सय ६८ जना निको भएको तथ्यांक छ । 

त्यस्तै फ्रान्समा १२ हजार २ सय १० र बेलायतमा ८ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख १८ हजार ७९० जना संक्रमित मध्ये २३ हजार ४६९ जना उपचार पछि निको भएका छन् भने बेलायमा ६५ हजार ८८३ जना संक्रमित मध्ये ३ सय ७० जना मात्र निको भएका छन् । 

संक्रमितको संख्या सबैभन्दा धेरै हुने मुलुकमा भने अमेरिका रहेको छ । जहाँ ४ लाख ७३ हजार ९३ जना मानिसमा कोरोना भाइरस संक्रमण फेला परेको छ । जहाँ २६ हजार ६ सय ४५ जना निको भएका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया