संकटमा भोका जनताको पीडा : कतै कुहिएको चामल कतै राहत माग्न प्रदर्शन

६ बर्ष अगाडि

यतिबेला कोरोना भाइरस संक्रमण रोकथामका लागि देश लकडाउनको अवस्थामा छ । विश्वमा महामारीको रुप लिएको कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनले सबै श्रमिक र मजदुरहरुले रोजगारी गुमाएका छन् । 

दिनभरी काम गरेर बिहान बेलुका छाक टार्ने विपन्न जनताको परिवार पाल्ने सरकारले राहत दिनुको पिवकल्प छैन । संघीय सरकारले स्थानी तहले राहत दिनेगरी कार्यक्रम पनि ल्यायो । तर जनतालाई यस्तै समस्यामा सहयोगी हुने भन्दै गाउँगाउँमा सिँहदरबार भनेर स्थापना भएका स्थानीय तहका कारण विपन्न परिवार थप समस्यामा परेका घटनाहरु सार्वजनिक भएका छन् । 

कतै स्थानीय तहले जनतालाई कुहेको चामल दिएका छन भने कतै जनताले चामल पाउन आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । 

नवलपरासीको रामग्रम नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहत सामग्री गुणस्तरहिन   र  निर्धारित तौल भन्दा  कम भेटिएको छ । राहत सामग्री गुणस्तरहिन  र तौल  कम भएपछि स्थानीयले नगरपालिकामा लगेर फालिदिएका छन् ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहलले गुणस्तरहिन खाद्यन्न र कम तौल भएको उपभोक्तहरुबाट गुनासो आएपछि आजै उपभोक्ताले नगरपालिकामा फिर्ता गरेको खाद्यन्न बुझ्नको लागि अन्य सरोकारवाला सहितको टोली त्यसतर्फ पठाएको जानकारी दिए ।

वडा नम्वर ११ मा विपन्नलाई वितरण गरिएको राहत सामग्री अधिकांशले नगरपालिकामा फिर्ता गरेको उपमेयर रम्भा कुँवरले बताइन्  । उनले भनिन्, ‘अस्ति विपद् ब्यवस्थापन समितिको बैठक बस्यो । दैनिक गरि खानेहरुलाई राहत वितरण गरौं भनेर  निर्णय गरियो ।

त्यसपछि हाम्रो काम सकियो  ।  मेयर साव र प्रमुख प्रशासकिय अधिकृत खरिद गर्न जानु भयो । उहाँहरुले १० किलो चामलको पोका पार्नु भएको थियो । मैले हेर्दा चामल कालो थियो । ढुङ्घा पनि थिए । त्यस पछि मैले मेयर साव र प्रमुख प्रशासकिय अधिकृतलाई यस्तो बिग्रेको चामल वितरण गर्दा जनभावनामा चोट पर्छ भनेकी हुँ तर मान्नु भएन। ’

 उपमेयर कुँवरले थपिन्, ‘उहाँहरुले होईन म्याडम बिग्रेको छैन् ।  ४० रुपैयाँप्रति किलो पर्ने मनसुली चामल हो भनेर मान्नु भएन अहिले वितरण गरिएको सबैले चामले फालेर जताततै हल्ला चलेको छ ।’

 रामग्राम नगरपालिकाले वितरण गरेको चामल र सोयाबिन गुणस्तहिन  भएको नवम्वर ११ का ओमप्रकाश  मुसहरले  बताए ।

कोरना संक्रमणपछि भएको लक डाउनमा बिपन्न्न परिवरलाई नगरपालिकाले बितरण गर्न खरिद गरेको चामल  रामग्राम नगरपालिका ६ मा रहेको राजेश राईस मिलबाट ४० रुपैया किलोको दरमा खरिद गरेको थियो ।

सोयाबिन र अन्य सामान भने भैरहवाबाट खरिद गरिएको नगरपालिकाका कर्मचारीले बताए । रामग्राम नगरपालिकाले वितरण गरेको सबै वडाको राहत अहिले नगरपालिकामा फिर्ता गरिएको छ । रामग्राम नगरपालिकाले नगरका २ हजार ३ सय जना बिपन्न परिवारलाई वितरण गर्ने गरि प्रत्येक वडामा राहत सामग्री पठाएको थियो ।

पठाएको राहत सामग्री गुणस्तरहिन भएको गुनासो आएपछि कतिपय बडामा राहत वितरण विहिवार नै बन्द गरिएको थियो । नगरपालिकले पठाएको १० किलो चामलमा आधा किलोदेखि १ किलोसम्म कम रहेको  उपमेयर कुँवरको भनाइ छ ।

सोना मनसुली चामल भनेर खरिद गरिएको चामल गोल्डेन मोटा चामल रहेको छ । रामग्रम नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहात सामाग्री गुणस्तरहिन  र तौल कम भेटीए पछि नगरप्रमुख नगेन्द्र गुप्ताले आफुले नै त्यसको  नैतिक जिम्मेवारी लिने सञ्चाकर्मीहरुसँग बताए ।

यसबारे बुझ्न  जिल्ला प्रशासनले प्रसासकिय अधिकृत सागर गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । समितिले चामल र सोयाबिनको  गुणस्तर मापन गर्न   लिएर गएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिकामा राहात वितरण गरिरहदाँ विवाद उत्पन्न भएको छ । राहत थोरै दिएको भन्दै स्थानीयवासीले राहत वितरणको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा महिला बालबालिका लगायतको सहभागिता देखिन्थ्यो । राहत लिन पुगेका कोरोना पीडितहरुले राहत सामग्री कम वितरण गरेको भन्दै प्रदर्शन गरेका थिए ।

प्रतिपरिवार २० किलोग्राम चामलको माग गर्दै किलो चामल नलिने अडानसहित सप्तकोशी नगरपालिका वडा नम्बर ५ वासीले विरोध प्रदर्शन गरेका हुन् । सरकारले राहत वितरण कार्यविधि जारी गरेपनि नगरपालिकाले आफु खुसी राहत वितरण गरेकाले सोको विरोध गरेको एक प्रदर्शनकारीले जानकारी दिए ।

यता, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले अरुको उक्साहट प्रदर्शन गरेको बताए । राहत सम्बन्धि जानकारी नहुँदा जनतामा आक्रोश देखिएको उनले प्रतिक्रिया दिए । गौतमले प्रतिव्यक्ति साढे तीन किलो चामाल, ३ सय ग्राम दाल, ५ सय ग्राम खाने तेल, १ किलोको तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको जानकारी दिए । ४ जना परिवार भएकाहरुका लागि १४ किलो र सो भन्दाबढी परिवारलाई सोही अनुसारको राहत प्रदान गरिएको उनले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया