प्रदेश २ मा किसानले लिएकाे ऋणकाे ४ महिनाकाे ब्याज सरकारले तिरिदिने

५ बर्ष अगाडि

लकडाउनबाट प्रभावित किसानहरुले विभिन्न बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज प्रदेश २ सरकारले तिर्ने भएको छ।

प्रदेश २ मन्त्रिपरिषद्को बैठकले कृषि कर्मका लागि किसानहरुले लिएका ५ लाखसम्मको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ। त्यसैगरी ५ लाख देखि १५ लाख सम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत तथा ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्‌ले निर्णय गरे बमोजिम ब्याज तिरिदिने निर्णय भएकोश प्रदे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

यसका साथै लकडाउनका कारण प्रभावित बनेकादूध, फलफूल, तरकारी, कुखुरातथा माछा उत्पादक किसानहरुलाई समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेकोछ।

बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया