कोरोना महामारी : सय दिनमा ९५ हजारभन्दा बढीको मृत्यु

६ बर्ष अगाडि

आजभन्दा करिब सय दिन अगाडि, संसारले कोरोना भाइरसको बारेमा थाहा पाएको थियो, जसलाई नोभेल कोरोना भाइरस भनिन्थ्यो ।

यी सय दिनमा कोरोना भाइरसको कारण ९५ हजार भन्दा बढी मानिस मरेका छन् र १६ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले नोभेल कोरोना भाइरसको पहिलो केस थाहा भएको १०० दिन पूरा भएको पुष्टि गरेको छ।

संगठनका अनुसार ३१ डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तको  उहान शहरमा निमोनियाका धेरै घटनाहरू बाहिर आएका थिए ।

पछि यस रोगलाई कोविड १९ भन्ने नाम दिइयो जबकि यसको भाइरस नोभेल कोरोना भाइरस भनिन्थ्यो। त्यसबेलादेखि यो रोगको संक्रमण संसारभर निरन्तर फैलियो । विश्वका धेरै जसो देशहरू अहिले यसको नियन्त्रणमा छन् र हरेक दिन हजारौं नयाँ केसहरू आउँदैछन् ।

सय दिन बितिसक्दा पनि, कुनै खोप अहिलेसम्म तयार पारेको छैन र  कुनै प्रभावकारी औषधि भेटिएको छैन् ।

बिहीबार एक प्रेस सम्मेलनको क्रममा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रस अडोनम जिब्रियाससले यी सय दिनलाई माइलस्टोनको रूपमा वर्णन गरे ।

उनले भने कि यस संक्रमणबाट विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ। यसका साथ संक्रमित देशहरूमा सामाजिक संरचना पनि अव्यवस्थित छ ।

टेड्रस अडोनम जिब्रियाससले भने, यो महामारी स्वास्थ्य समस्या मात्र होईन। यसको सामना गर्न केवल कुनै एक वर्ग वा समुदाय मात्र होइन, सम्पूर्ण सरकारी मेसिनरी र सामाजिक प्रतिक्रिया आवश्यक छ ।

सय दिनमा के भयो ? केहि महत्वपूर्ण मिति -

३१ डिसेम्बर २०१९ मा चीनले विश्व स्वास्थ्य संगठनलाई बतायो कि हुबेई प्रान्तको उहान शहरमा अज्ञात कारणहरूले गर्दा निमोनियाको केही घटना भएका छन् ।

११ जनवरी २०२० मा चीनले कोविड १९ को कारण पहिलो मृत्युको रिपोर्ट गरेको थियो ।

१२ जनवरी २०२० मा चीनले सार्वजनिक रूपमा कोविड १९ को आनुवंशिक अनुक्रम साझा ग¥यो ।

१३ जनवरी २०२० मा पहिलो पटक चीन बाहिरका अरू कुनै देशमा कोविड १९ को मामला खुलेको थियो । चीन पछि यो भाइरस थाईल्याण्डमा पुग्यो र त्यसपछि यो विश्वका अन्य देशहरूमा पनि फैलियो ।

२३ जनवरी २०२० मा चीनको  उहान शहरमा लकडाउनको घोषणा भयो र १.१ करोड जनसंख्या भएको शहर पूर्ण रूपमा बन्द भयो ।

३० जनवरी २०२० मा  विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा कोभिड १९ लाई स्वास्थ्य आपतकालिन घोषणा गर्‍यो। यस दिन, भारतमा कोरोना भाइरसको पहिलो केस पुष्टि भएको थियो । उनि एक विद्यार्थी थिए र  उहान विश्वविद्यालयबाट केरला आएका थिए ।

७ फेब्रुअरी २०२० मा चीनका डाक्टरले विश्वलाई यसबारे चेताबनी दिन खोजेका थिए, चिनियाँ डाक्टर ली वेन्लियांगको यस भाइरसको कारणले मृत्यु भएको थियो ।

२२ फेब्रुअरी २०२० मा इटालीमा कोरोना भाइरसको कारण पहिलो मृत्यु भएको थियो। यस पछि मात्र, इटालीले आफैंमा सामाजिक दूरी लागू गर्यो ।

११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको रूपमा घोषणा गर्‍यो ।

२७ मार्च २०२० मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कोरोना भाइरस परीक्षण सकारात्मक पाइयो । जस पछि उनी पनि आईसीयूमा भर्ना हुनुपरेको थियो  ।

८ अप्रिल २०२० मा चीनको उहान शहरमा लकडाउन समाप्त भयो। चिनियाँ मिडियाका अनुसार ६५ हजार मानिसहरुले बुधवार ट्रेन र विमान प्रयोग गरेर शहर छोडेर गए।

सबैभन्दा संक्रमित संयुक्त राज्य अमेरिकामा छन् जबकि इटालीमा मर्नेहरूको संख्या बढी छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया