१ सय २० को आटा १५० मा कसरी पुग्यो, डिजलमा १० रुपैयाँ घट्दा भाडा घट्नु पर्दैन ?

५ बर्ष अगाडि

दिउँसोको खाजा रेष्टुरेण्टमा खाने काठमाडौंबासीहरु आजभोली लकडाउनको कारण घरमै खाजा बनाएर खान्छन् । त्यसैले खाद्यान्नको माग अलि धेरै छ । तर यहि मौका पर्खेर बसेकाहरु आटाको भाउ २० रुपैयाँ बढि लिन्छन् । सोध्यो भने जवाफ आउँछ हामीकहाँ आउँदा नै बढेर आएको छ । 

कोरोनाको कारण देश लकडाउनमा भएपनि काठमाडौंमा आपूर्ति कम नभएको सरकारी अधिकारीहरुको भनाई छ । तर ब्यापारीहरुले भने बिनाकारण २० रुपैयाँ बढाएका छन् । 

आटामात्र होइन मासको दाल २० रुपैयाँ, रहर १० रुपैयाँ, मुसुरो १५, मुङको दाल २० र राज्मा ४०  रुपैयाँसम्ममा बढी मूल्य लिएका छन् । भटमासको तेल प्रतिलिटर १ सय ५० बाट १ सय ६० रुपैयाँ, सनफ्लार १ सय ६० बाट बढेर १ सय ७० देखि १ सय ८० रुपैयाँ पु¥याएका छन् । अन्य सामानको मूल्य पनि ५ देखि २० रुपैयाँसम्म बढी नै छ । 

ब्यापारीहरुले ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको भन्दै मूल्य बढाएको नाएका छन् । तर लकडाउन शुरु भएपछि डिजलको मूल्य १० रुपैयाँ घटेपछि ढुवानी भाडा पनि घट्नुपर्ने भएपनि ब्यापारीले ढुवानी भाडा झन बढेको बताएका छन् । 

एकातिर कोरोना संक्रमणको कारण जनतामा त्रास छ भने अर्कोतर्फ खाद्यान्नको मूल्य चर्को बनाएर उपभोक्ताको ढाड सेक्ने काम हुँदासम्म पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने अनुगमनमा चासो दिएको छैन ।

सरकराको यही कमजोरीको फाइदा उठाउँदै व्यवसायीले अहिले खाद्यान्नको भाउ बढाएका छन् । उनीहरुको तर्क ढुवानी गर्ने चालक र सवारी छैनन भन्ने छ । 

सामान्य दिनमा ट्रकहरूले सामान लिएर काठमाडौं आएपछि फर्किंदा पुनः सामान लिएरै जानेभएपनि लकडाउनले एकतर्फी मात्रै ढुवानी भइरहेको कारण गर्दा ट्रक र चालकले खाद्यान्न ढुवानी गर्न नमानेको ब्यापारीहरुको भनाई छ ।  
‘जसका कारण कहिलेकाहीँ चल्ने ट्रकले ढुवानी भाडादर दोब्बर बढाएका छन्,’ खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने ।  

यो बेला यातायात व्यवसायीले ढुवानी भाडा दोब्बर पु¥याएको, मिलले पनि महंगो गरेको र चालक र व्यवसायीले समेत भाडा बढाएर मिलेमतो गरेको उपभोक्ता अधिकारकर्मी  माधव तिमिल्सिना बताउँछन् । 

सरकारी अधिकारीको अनुगमन भने यो बेला उपभोक्तालाई राहत दिने भन्दा पनि अन्यत्र केन्द्रीत भएको छ । जसका कारण उपभोक्ताले राहत भन्दा धेरै आहत भोग्नु परेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया