गएको २४ घण्टामा काठमाडौंमा १ सय २७ ट्रक खाद्यान्न भित्रिएको छ । बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाबाट सो खाद्यान्न भित्रिएको हो ।
२४ घण्टामा नागढुंगाबाट सरदर ठुलो २ सय ८८ र साना १ सय ३२ वटा गाडिहरूभित्रिएका छन् । त्यसमा खाध्यान्न १२७ गाडि छन् ।
त्यसैगरि खाना पकाउने ग्याँसको सिलिन्डर बोकेका २५ गाडि छन् भने १८ बुलेट ग्यास भित्रिएको छ । उपत्यका भित्रिएका गाडि मध्ये तरकारि बोकेका गाडि ७५ वटा र फलफूल ३ गाडि छ । त्यस्तै एक गाडि माछा र ४ गाडि खसिबोका भित्रीएका छन् ।
काठमाडौंमा २४ घण्टाको अवधिमा बाहिरबाट २३ टयाङकर दुध भित्रिएको छ भने घ्यु १ गाडि र तेल १ गाडि भित्रिएको छ ।
यो २४ घण्टामा काठमाडौंमा १३ गाडि औषधी भित्रिएको छ । यस अवधिमा भुस पनि ४ गाडि भित्रीएको छ भने अन्य विभिन्न सामान ल्याएका १० गाडिहरू काठमाडौं भित्रीएका छन ।
तेस्तै सो नाकाबाट १७८ केही खालि गरेर फर्केका वा केही मालबहाक ट्रक बाहिरीएका छन् । उपत्यकाभित्र आएका मध्ये १४ ग्याँस बुलेट र ५ टयाङकर ईन्धन पनि बाहिरिएको जनाइएको छ ।
प्रतिक्रिया