काठमाडौं – ग्लोबल आईएमई बैंकले बिभिन्न बचत खाताको दिदैं आएको व्याजदर घटाएको छ । साथै, मुद्दती निक्षेपमा दिने व्याजदर पनि घटाएको बैंकले जानकारी दिएको छ ।
बैंकक बिभिन्न बचतमा दिने व्याजदर घटाउँदै नयाँ व्याजदर घोषणा गरेका छ, उक्त व्याजदर बैशाख १ गतेदेखि लागू हुने बैंकले बताएको छ ।
बैंकले बचत खातामा ०.७५ देखि ५.५ प्रतिशत व्याज दिने बताएको छ । यस्तै, मुद्धती निक्षेपमा संस्थागत तर्फ ७.१० र व्यक्तिगत ८.२५ प्रतिशत व्याज दिने बैंकको भनाइ छ ।
यस्तै, कर्जा तफ आधारदरमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर व्याज लिने बैंकको भनाइ छ । हाल बैंकको आधारदर ९.६४ प्रतिशत छ ।
हेर्नुहोस, कुन बचत र कर्जामा निर्धारण गरिएको नयाँ व्याजदर


प्रतिक्रिया