काठमाडौं– कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यती समूहका लगानीकर्ताहरुको तर्फबाट समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कोभिड–१९को संक्रमणले नेपाल लगायत विश्व नै ठप्प बनेको यस घडीमा माहामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरिएको यतीले जनाएको छ ।
प्रतिक्रिया