ज्येष्ठ नागरिकलाई सम्मान

७ बर्ष अगाडि

 लायन्स क्लब अफ पोखरा प्रेस चौतारीले पोखरा वृद्धाश्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । 

आश्रममा आश्रय लिइरहेका १०० वर्षीय नन्दलाल दाहालसहित ५५ जनालाई दोसल्ला ओढाएर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

सम्मान कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ज्येष्ठ नागरिक सम्मानका साथ बाँच्न पाउने अधिकारबाट वञ्चित बन्न नहुने बताउनुभयो । 

ज्येष्ठ नागरिकका सेवा सुविधाप्रति सरकार गम्भीर भएको बताउँदै उहाँले उनीहरूको सेवा सुविधा एवं मनोरञ्जन लगायतका विषयलाई दृष्टिगत गरी विभिन्न स्थानमा ज्येष्ठ नागरिक केन्द्र निर्माणको सोच अघि बढाइएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा ला ध्रुवबहादुर थापा, जमुना काफ्ले चापागाईं, उमाकान्त शर्मा लगायतले संविधान प्रदत्त ज्येष्ठ नागरिकको हकहितको संरक्षण एवं अधिकारको कार्यान्वयनमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिनुभएको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया