रुकुममा १० दिनभित्र ८ काेठाकाे अस्पताल बनाइने, पूर्वमन्त्री जनार्दन शर्मा पनि श्रमदानमा

५ बर्ष अगाडि

संभावित कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचारका लागि  रुकुममा १० दिनभित्र अस्पताल बनाइने भएकाे छ ।

जिल्लाको आठबिसकोट नगरपालिकामा १० दिनभित्र ८ कोठे भवन बनाउन लागिएकाे हाे ।  

आज ३० घण्टामा अस्पतालको डीपीसी गर्ने कार्य सम्पन्न भइसकेको रुकुमका साँसद तथा पूर्वमन्त्री जनार्दन शर्माले बताए ।

 श्रम सहकारी द्वारा निर्माण गर्न लागिएकाे उक्त अस्पतालमा स्थानीयले जनश्रमदानमा काम गरिरहेका छन् ।

अस्पताल सुविधा सम्पन्न बन्ने नेता शर्माले बताएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया