कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंक लिमिटेडले (आज )बुधवार २० ओटा शाखा खुल्ला गरेको छ ।
हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये सातै प्रदेशमा पर्ने गरि २० ओटा शाखालाई बिहान १०,११ बजेदेखि नै खुल्ला गरेको हो । बैकं दिउसो १ बजे सम्म खुला रहनेछ ।
बैंकले प्रदेश नम्बर १ का ३ ओटा,प्रदेश नम्बर २ का २, बागमती प्रदेशका ७ ठाउँको शाखा खुल्ला गरेको छ ।
यस्तै, गण्डकी प्रदेशका २, प्रदेश नम्बर ५ का २, कर्णाली पद्रेशका १ र सुदुर पश्चिम प्रदेशको २ शाखा खुल्ला गरेको छ ।

प्रतिक्रिया