पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड, कसले कति पाए?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनका कारण अन्योलमा परेको नेपाल पुनर्बीमा कम्पनीको आईपीओ अन्नतः बाँडफाँड भएको छ । शेयर निष्काशन तथा विक्री प्रवन्धक आरवीवी क्यापिटलले आज बिहान उक्त आईपीओ बाँडफाँड गरेको हो ।


क्यापिटलकाअनुसार १० देखि ४० कित्तासम्म माग माग गर्ने लगानीकर्ताले मागेजति नै शेयर पाएका छन् । यस्तै, ५० देखिबढी कित्ता माग गर्ने कुल लगानीकर्तामध्ये ७७ हजार २४५ जनाले भने ५० कित्ता शेयर पाएको बताइएको छ । 


आवेदनका आधारमा २७ हजार ७४८ जनाले १० कित्ता,  १५ हजार ५९० जनाले २० कित्ता, १ लाख २७ हजार ७२३ जनाले ३० कित्ता नै शेयर पाएका छन् । यस्तै, २० हजार ९२९ जनाले ४० कित्ता शेयर पाएको क्यापिटलको भनाइ छ । 


क्यापिटलकाअनुसार ५० कित्तादेखि १० हजार कित्तासम्म माग गरेका मध्ये ३ लाख १३ हजार ६४८ जनाले ४० कित्ता शेयर पाएका छन् । त्यसमध्ये गोलापर्थाद्धारा ७७ हजार २४५ ल थप १० कित्ता गरेर ५० कित्ता शेयर पाएको बताइएको छ ।


पुनर्बीमा कम्पनीले चैत ४ गते देखि ७ गतेसम्म १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा कम्पनीको कर्मचारी र सामुहिक लगानी कोषलाई छट्टाएर १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई छुट्टाएको थियो ।


उक्त आईपीओ चैत १४ गते नै बाँडफाँड हुने भनिएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न नेपालमा लकडाउन लगाइएपछि यो अन्योलमा परेको थियो । सरकारले लकडाउन थप बढापछि क्यापिटलले बुधबार नै आईपीओ बाँडफाँड गरेको हो ।  


पुनर्बीमा कम्पनीको शेयर चैत ४ गतेदेखि ७ गतेसम्म निष्कासन गरिएको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य भएको उक्त शेयर १ करोड ६० लाख कित्ता जारी गरिएकोमा जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि कटाएर बाँकी हुन आउने १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो। यो आईपीओ बाँडफाँटसँगै पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ 
 

६ बर्ष अगाडि

प्रतिक्रिया