लाइफ ज्याकेट नलगाउँदाको विपत्ति, बेगनासमा डुबेर गयो ८ को ज्यान

७ बर्ष अगाडि

पोखरा – शनिबार मध्यान्ह बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  उद्दार टोलीले आइतबार ६ मृतकको शव तालबाट बाहिर निकालेको  छ भने शनिबार नै २ जनाको मृत्यु भएको थियो । 
मृतकहरुमा  ७ वर्षीय शंकर खनाल,  ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं,  ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनालको रहका छन् । कृष्णकुमारी बजगाईं  र जमुना गैरेको पनि मृत्यु भएको छ । कृष्णकुमारी र जमुनाको शनिबार नै उपचारको क्रममा निधन भएको हो ।
बेगनासस्थित कमलनाथ कँडेलको घरमा तीजको दर खान पुगेका आफन्तहरु तालमा घुम्ने क्रममा सो दुर्घटना हुन पुगेको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस्तै तालमा डुबेका सपना खनाल र निशा पौडेलको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएका छ । 
प्रहरीका अनुसार डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया