विदेशबाट आएकाहरुकाे लापर्वाही समुदायका लागि महंगो पर्न सक्छ : प्रधानमन्त्री

६ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएकाहरुले लापर्वाही गरेमा देशका लागि महंगो पर्न सक्ने बताएका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै उनले विदेशबाट फर्केकाहरुलाई लापर्वाही नगरि क्वारेण्टाइनमा बस्न आग्रह गर्दै यदी लापर्वाही गरेमा आफू, परिवार र समुदायका लागि महंगो पर्न सक्ने बताएका हुन् । 

कोरोनाको संक्रमण विश्वमा फैलिएपछि हजारौँको संख्यामा नेपालीहरु घर फर्किको भन्दै उनले उनीहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको बताए । 

'यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ ' उनले भने, 'उहाँहरुलाई पुनः आग्रह छ-स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।'

६ बर्ष अगाडि

प्रतिक्रिया