युएईका युवराज मोहम्मद बिन जायद अल नाहयानले त्यहाँ रहेका नेपालीलाई आफ्ना नागरिक सरह व्यवहार र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका नेपालीको सुरक्षाका सन्दर्भमा गरेको टेलिफोनमा नाहयानले नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग हुनेमा ढुक्क रहन विश्वास दिलाएका हुन् ।
प्रधानमन्त्री ओलीले आज (सोमबार) साँझ युएईका युवराजसँग मेरो टेलिफोन संवाद गरेको ट्वीट मार्फत जानकारी गराएका छन् ।
कुराकानीको क्रममा युवराज नाहयानले प्रधानमन्त्री ओलीसँग नेपालीहरु इमान्दार र परिश्रमी रहेको भन्दै युएईको आर्थिक विकासमा पु–याएको योगदानको प्रशंसा गरेका छन् ।
‘त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु(याएको योगदानको प्रशंसा गर्दछु’,
प्रधानमन्त्री ओलीले लेखेका छन् ‘ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं ।
प्रतिक्रिया