नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले मन्त्री, सांसद, प्रदेशसभा सदस्य र राजनीतिक नियुक्ति प्राप्त व्यक्तिहरुको तलब एक बर्षका लागि एक तिहाई कटौती गर्न सुझाव दिएका छन् ।
कोरोना भाइरसको संक्रमणको कारण अर्थतन्त्र खस्किने निश्चित भएकोले एक बर्षका लागि उनीहरुको एक तिहाई तलब कटौती गर्न सरकारलाई सुझाव दिएका हुन् ।
‘कोरोनाका कारण अर्थतन्त्र खस्किने निश्चित भइसक्यो । मन्त्री, सांसद, प्रदेशसभा सदस्य र राजनीतिक नियुक्ति प्राप्त व्यक्तिहरुको तलब एक बर्षका लागि एक तिहाई कटौती गर्न कञ्जुस्याइँ नगरौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
जनीतिकर्मीहरुले जनताको मन जित्ने बेला यस्तै समयमा भएको उनको भनाई छ । उनले आजदेखि संसद बैठक अन्त्य भएकोले अध्यादेश मार्फत सो व्यवस्था गर्न सुझाव दिएका छन् ।
‘संसद् अन्त्य भएको छ, अध्यादेश ल्याउन सहजै छ’, उनले लेखेका छन्, ‘राजनीतिकर्मीहरुले जनताको मन जित्ने यस्तैमा हो । अन्यत्रका ‘बुर्जुवा’हरुले पनि हामीलाई उछिनिसक्न थाले ।
प्रतिक्रिया