अन्य भयाे संसदकाे पाचाैं अधिवेशन

५ बर्ष अगाडि

संघीय संसदको दुवै सदनको चालू अधिवेशन आजदेखि स्थागीत भएको छ ।

संसद सचिवालयले मन्त्रीपरिषद्को सिफारिस बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरि सँसदको पाँचौँ अधिवेशन स्थागीत गरेको छ । 

संसद सचिवालयका कार्यवाहक महासविच गोपालनाथ योगीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ३ (२) बमोजिम प्रतिनिधि सभा र राष्ट्रियसभा नियमावली, २०७५को नियम ३ (२) प्रतिवन्धात्मक वाक्यांस बमोजिम बैठक स्थागीत गरेको जानकारी गराएका छन् । 

मन्त्रिपरिषदकाे साेमबारकाे बैठकले संसदको जारी हिउँदे अधिवेशनको अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको  थियाे ।

 बैठकले संसदमा रहेका दलहरूसँग मन्त्रिपरिषदको बैठकको निर्णय छलफल गर्ने तथा समन्वय गर्ने जिम्मेवारी कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिबमाया तुम्बाहाङफेलाई दिएको थियाे । 

५ बर्ष अगाडि

प्रतिक्रिया