राहत माग्ने विपन्नलाई मेयरको निर्देशनमा कुटपिट

५ बर्ष अगाडि

स्याङजाको चापाकोट नगरापालिकाका प्रमुखले राहत लिन गएका मजदुरलाई कुटाएका छन् । 

नगरप्रमुख शिव गिरीको समूहले वडा नं. ६ का सुमन बिकलाई कुटपिट गरेका हुन्।  

संघीय सरकारको निर्ण अनुसार नगरपालिकाले वडा नं ६ को मोहमी गाउँमा राहत वितरण गर्दै गर्दा बिकले राहत थोरै भएको गुनासो गरेका थिए ।  ‘मैले नराम्रो कुरा गरेको थिइनँ। २५ किलोका एक बोरा चामलले गाउँको ५ परिवारलाई कसरी पुग्छ भनेको थिएँ’, उनले भने, ‘मेयर सा’बसँग आएका युवाहरुले कुटे।’\

विकले स्थानीय सरकारको रहात वितरण गर्ने शैलीमाथि पनि प्रश्न गरेका थिए।  कुटपिटबाट उनको ओठमा चोट लागेको छ ।  

तर मेयर गिरीले भने राहत वितरणमा अवरोध गर्न आएपछि सम्झाइ बुझाइ मात्र गरिएको दाबी  गरेका छन्।

उनले कसैलाई हात नहालेका बताए। विक भाइले विरोध गरेपछि मसँगै गएका भाइहरुले सम्झाएका मात्र हुन्’, उनले भने, ‘हात चाहिँ हालेका छैनन्।’ उनले त्यहाँ कुटपिटको घटना नभएको दाबी गरेका छन्। 

मेयर  गिरी हरेक वर्ष विवादमा पर्दै आएका छन् । गतवर्ष कार्तिकमा रारा गुम्न गएका उनी राति रक्सी खाएर भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोलीसँग झगडा गर्दा कुटिएका थिए । 

उनीहरुविच राति वियरको बोतल र ढुङगा हानाहानी भएको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया