लकडाउन ८ दिन लम्बियाे , वैशाख ३ सम्म थप्ने सरकारकाे निर्णय

६ बर्ष अगाडि

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि घोषणा गरेको लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याएको छ । 

भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषणा गरेको लकडाउन चैत २६ गतेसम्म सकिँदै थियो । 

आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थप आठ दिन देशभर लक डाउन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

६ बर्ष अगाडि

प्रतिक्रिया