चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ ले विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ६९ हजार ५२२ पुगेको छ । विश्वभर हालसम्म संक्रमितको संख्या १२ लाख ७६ हजार ७११ पुगेको छ ।
संयुक्त राष्ट्र अमेरिकामा विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म ३ लाख ३६ हजार ८१५ संक्रमित रहेका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ९ हजार ६२० पुगेको छ । कुल संक्रमितमध्ये करिब १८ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । इटलीमा हालसम्म करिब १६ हजारको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख २८ हजार ९४८ रहेको छ ।
स्पेनमा हालसम्म संक्रमितको संखया १ लाख ३१ हजार ६४६ रहेको छ भने मृत्यु हुनेको संख्या १२ हजार ६४१ रहेको छ । यसैबीच ३८ हजार ८० उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै भारतमा संक्रमितको संख्या ४ हजार ३१४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।
प्रतिक्रिया