काठमाडौं – नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले विक्रम सम्बत २०७७ मा बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले पर्व, दिवस, जात्राका अवसर गरी २१ प्रकारका बिदाको सूचि सार्वजनिक गरेको हो । यी बाहेक नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने जनाइएको छ । राष्ट्र बैंकले दशैंमा ५ दिन र तिहारमा ३ दिन विदा दिएको छ ।
आगमी बर्ष कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदखि दिउँसो ३ बजेसम्म बैंकिङ कारोबार खुल्ला हुनेछ । अन्य समयमा भने विहान १० बजे देखि बेलुका ४ बजेसम्म बैकिङ कारोबार खुल्ला गरिने छ । यसका अलावा प्रत्येक शुक्रबार विहान १० बजेदेखि १२ः३० सम्म मात्र बैकिङ कारोबार हुनेछ ।
बिदाको सुचि हेर्नुहोस्
प्रतिक्रिया