कोरोना भाइरस ९कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको अवधि थप्ने भएको छ ।
नेपालमा कोरोना भाइरसबाट संक्रमितहरु फेला पर्न थालेपछि कोरोना फैलने सम्भावना रहेकोले सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।
दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएपछि आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो ।
यससम्बन्धि आधिकारीक निर्णय गर्नका लागि आज दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठकले लकडाउनको समय थप्नेबारे निर्णय गर्ने बताइएको छ ।
यसअघि शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट विधिबारे सम्भावित संक्रमितको पहिचान गर्ने निर्णय गरेको थियो ।
यस्तै संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेशमा जान समेत रोक लगाउने निर्णय गरेको थियो ।
तर लकडाउनको विषयमा अर्को बैठकले निर्णय गर्ने समझदारी भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताएका थिए ।
सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत १५ गते मध्यरातसम्मको लागि समय थप गरेकोमा फेरि बढीमा एक साता लकडाउन लम्ब्याउन खोजिएको हो ।
प्रतिक्रिया