काठमाडौं – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ती गर्न बनेको समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा नियुक्ती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले ३ जनाको नाम मन्त्रीपरिष्दमा सिफारिस गरेको हो ।
समितिले डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी र पुर्व अर्थसचिव डा. राजन खनालको नाम सिफारिस गरेको हो । आजको मन्त्रीपरिषद्मा अर्थमन्त्रीले उक्त नाम प्रस्ताव गर्ने बताइएको छ । सम्भवत मन्त्रीपरिषद्ले आजनै गभर्नर नियुक्त गर्ने बताइएको छ ।
निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको गत चैत ५ गते कार्यकाल सकिएको थियो । त्यसपछि डेपुटी गभर्नर सिवाकोटीले नै गभर्नरको कार्यभार सम्हाल्दै आएका छन् ।
प्रधानमन्त्रीका नजिकका व्यक्ति भनिएका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ भने गभर्नरमा सिफारिस भएनन् । बिभिन्न आरोप लागेर निलम्बनमा परेका श्रेष्ठले पछि सफाई पाएपछि उनलाइन गभर्नर बनाउने चलेखेल भएको पनि टिकाटिप्पणी भएको थियो । तर, उनी सिफारिसमा पनि नपरेको देखिन्छ ।
अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।
प्रतिक्रिया