३ महिनामा १.३९ खर्ब ऋण उठाउँदै राष्ट्र बैंक, कति पाइन्छ व्याज ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चौथो त्रैमासमा (बैशाखदेखि असारसम्म) रू. १ खर्ब ३९ अर्ब ४० करोड बराबरको आन्तरीक ऋण निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो बार्षिक योजनाअनुसार आउँदो त्रैमासमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र जस्ता माध्यमबाट आन्तरीक ऋण उठाउन लागेको हो । 
राष्ट्र बैंकले चालु आवमा १ खर्ब ९५ अर्ब आन्तरीक ऋण उठाउने लक्ष्य लिएको थियो । त्यसको ७१.४८ प्रतिशत ऋण आगमी त्रैमासमा उठाउने राष्ट्र बैंकको भनाइ छ । 
राष्ट्र बैंकले आउँदो त्रैमासमा ६५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबल गर्ने बताएको छ । त्यसमा २८ दिनको ५ अर्ब, ९१ दिनको २० अर्ब, १८२ दिनको २० र ३६४ दिनको लागि २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने राष्ट्र बैंकको भनाइ छ । ट्रेजरी बिलमा बोलकोबल मार्फत व्याजदर निर्धारण गरिने बताइएको छ । 
यस्तै, ७० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने राष्ट्र बैंकको तयारी छ । त्यसअन्तरगत ३५ अर्ब बराबरको ३ बर्षे विकास ऋणपत्र जारी गरिने छ । साथै, सोही मात्रामा नै ५ बर्षे विकास ऋणपत्र पनि जारी गरिने राष्ट्र बैंकको भनाइ छ । यसमा पनि बोलकोबल मार्फत नै व्याजदर निर्धारण हुने छ ।
यसैगरि स ४ अर्ब बराबरको ५ बर्षे नागरिक बचत पत्र र ४० करोड बराबरको ५ बर्षे बैदेशिक रोजगार बचत जारी गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले नागरिक बचतपत्रमा ९ प्रतिशत र बैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत व्याज दिने बताएको छ । 
राष्ट्र बैंकले चालु आवको दोश्रो त्रैमासमा २० प्रतिशत, तेश्रो त्रैमासमा ४० प्रतिशत तथा चौथो त्रैमासमा ४० प्रतिशत गरी रु. १ अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्न स्वीकृति भएअनुसार सोको बिक्री खुला गरिसकेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया