विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट हालसम्म विश्वका विभिन्न देशमा गरी ६७ हजार ९११ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाख ४५ हजार २५० व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा २ लाख ५६ हजार ५०३ जना उपचारपछि घर फर्किएका छन् ।
हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ८८७ जनाको मृत्यु भइसकेको भने १ लाख २८ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा १२ हजार ४१८ जनाको मृत्यु भएको छ भने १ लाख ३० हजार भन्दा बढीसङक्रमित रहेका छन् ।
कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ९ हजार १७१ जनाको मृत्यु भएको छ भने ३ लाख २३ हजार भन्दा बढी सङक्रमित छन् । अमेरिकामा एकै दिनमा ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।
जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ५२४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ९३४ जनाको मृत्यु मृत्यु भइसकेको छ ।
प्रतिक्रिया