विपदमा  विश्वलाई साथ दिँदै चीन : अमेरिकापछि बेलायतलाई दियो ३ सय थान भेन्टिलेटर

५ बर्ष अगाडि

अफ्नो देशमा महाभारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकेर चीनले विश्वका विभिन्न मूलुकमा सहयोगको हात बढाएको छ । 

भाइरसको संक्रमण बढेका मूलुकहरुमा चीनले औषधी, भेण्टिलेटर, मास्क, परिक्षण किट, पीपीआई लगायतका सामग्री सहयोग गरेको हो । 

यसैक्रममा हिँजो अमेरिकालाई तीनसय थान भेण्टिलेटर सहयोग गरेको उसले बेलायतलाई पनि तीन सय भेन्टिलेटर सहयोग गरेको छ । कोरोना रोग ९कोभिड–१९० विरुद्ध प्रताडित बनेको बेलायतले चीनबाट तीन सय भेन्टिलेटर आइपुगेको जानकारी दिएको छ ।

भेन्टिलेटर शनिबार बेलायत पुगेको छ । डेलीमेलका अनुसार बेलायतका विदेशमन्त्री डोमिनिक राबले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चीनबाट खरिद गरिएका उक्त भेन्टिलेटरहरु आएको पुष्टि गरे ।

उनले आगामी सातासम्म उल्लेख्य मात्रामा भेन्टिलेटरहरु बेलायत आइसक्ने समेत जानकारी दिएका छन् । उनले उल्लेख्य मात्रामा मास्क र पीपीईजस्ता स्वास्थ्य सामग्री पनि आएको बताएका छन् ।

यसअघि बेलायतको नेशनल हेल्थ सर्भिसले बेलायतमा अबको केही दिनमा नै मुलुकमा भेन्टिलेटरको अभाव हुनसक्ने बताएको थियो । बेलायतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुग्दा ३० हजार भेन्टिलेटर आवश्यक पर्न सक्ने बताइएको छ ।

अहिले एनएचएससँग २१ हजार आठ सय २५ भेन्टिलेटर छ । पछिल्लो समय बेलायतमा भाइरसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको अवस्थामा स्वास्थ्य उपकरणको भने अभाव भएको समाचार सार्वजनिक भएको थियो ।

बीबीसीले उल्लेख गरे अनुसार बेलायतमा पीपीईको अभाव चुलिएपछि स्वास्थ्यकर्मीहरुले प्लाष्टिकको झोला प्रयोग गर्न थालेको बताएको थियो ।

बेलायतमा कोरोना भाइरसको कारण अहिलेसम्म चार हजार तीन सय २० जना मानिसको मृत्यु भइसकेको छ । साथै यसबाट संक्रमित हुनेको संख्या पनि ४२ हजार चार सय नाघेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया