विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भने दक्षिण एसियाका ८ मुलुकमा पनि बढ्दै गएको छ । यद्यपि, यद्यपि, दक्षिण एशियाली मुलुहरुमा अन्य मुलुकमा जस्तो भयावह स्थीति भने अझै आएको छैन ।
हालसम्म दक्षिण एसिया मुलुक तथा सार्क राष्ट्रहरुमा ६ हजार ९७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस मध्ये १६० जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालय एक तथ्यांकले देखाएको छ ।
दक्षिण एसियामा भारत कोरोनाबाट बढी प्रभावित भएको छ । हालसम्म त्यहाँ ९९ जनाको मृत्यु भइसकको छ । भारतमा ३ हजार ५८८ जनालाई यसको संक्रमण देखिएको छ ।
यस्तै, पाकिस्तान पनि यसबाट प्रभावित भएको छ । त्यहाँ २ हजार २ हजार ८१८ मानिसको कोरोना संक्रमित देखिएका छन्, त्यसमा ४१ मानिसको ज्यान गएको छ । यसैगरि श्रीलंका १६६ जनामा यसको संक्रमण भएको छ, त्यसमा ५ जनाको मृत्यु भएको बताइएको छ ।
यस्तै, बंगलादेशमा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, त्यसमा ८ जनाको मत्यु भएको छ । यस्तै, अफगानिस्तानमा २९९ जनामा संक्रमण देखिएको ७ जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार श्रीलंकमा १६६ जनामा संक्रमण देखिएको छ, त्यसमा ५ जनाको मृत्यु भएको छ ।
यसैगरि नेपालमा ९, भुटानमा ५ र माल्दिभ्समा १९ जनामा कोरोना संक्रमण देखिएको छ, तर त्यहाँ कसैको मृत्यु भएको छ ।
प्रतिक्रिया