ग्लोबल आईएमई बैंकको आज ६९ शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै ग्लोबल आईएमई बैंंकले आइतबार (आज) बिभिन्न ठाउँका ६९ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई १० र ११ बजेदेखि नै शाखा खुल्ला गरेको छ । उक्त शाखाहरु १  बजेसम्म खुल्ला हुने बताइएको छ । 
हाल बैंकको शाखा कार्यलय २५० भन्दा बढी छन्, त्यस मध्ये बैंकले यतिका शाखा सञ्चालनमा ल्याएको हो । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको 
छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया