सरकारलाई सघाउन पूर्व प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सार्वजनिक पहल शुरू

६ बर्ष अगाडि

विश्वभर फैलिएको कोरोना भाइरसको महाव्याधि विरुद्धको कार्यमा सरकारलाई सघाउन र विरामीलाई सहयोगका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक पहल शुरु गरेका छन् । 

सरकालाई सहयोग, जनता र राज्यका निकायलाई सहजीकरण र निगरानी एवं अनुगमन र मूल्यांकन गर्नका लागि कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल शुरु गरेका हुन् । 

पहलमा राजनीतिज्ञ, उद्योगी, व्यवसायी, अधिकारकर्मी, चिकित्सक, अर्थशास्त्री, सुरक्षाविज्ञ, सुचना प्रविधिविज्ञ विकास विज्ञ र सञ्चार क्षेत्रका व्यक्तिहरु रहेका छन् । 

कोरोना महाव्याधि रोकथाम, प्रभावको लेखाजोखा गर्न हम्मेहम्मे परेको अवस्थामा नेपालमा यसको व्यवस्थापन गर्न मुस्किल हुनु स्वभाविक रहेकोले पहलले सरकारलाई सहयोग गर्ने जनाइएको छ । 

‘महाव्याधि व्यवस्थापन गर्ने कार्यमा सरकारका विविध कमजोरी रहेपनि सरकारले गरेको कामलाई सहयोग गर्न, जिम्मेवार बनाउन, निगरानी गर्न, प्रश्न गर्ने र संक्रमितहरुलाई सहयोग तथा सहजिकरण गर्ने दायीत्व हामी सबैको हो’, डा. भट्टराईले भने, ‘सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरीकाले सहयोग पु-याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायत विभिन्न कोणबाट आवस्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पु¥याउन यो पहलको शुरुवात गरिएको हो।’

अहिले केन्द्रमा गठन गरिएको पहलको संयोजन समिति प्रदेश र पालिका स्तरसम्म विस्तार गर्ने जनाइएको छ । समितिले राज्यले गरेका कामको बारेमा स्वेतपत्र समेत जारी गर्ने जनाइएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया