विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न खाद्य बैंक

६ बर्ष अगाडि

लकडाउनमा खाद्यान्नको समस्या पर्न नदिन धादिङको गजुरी गाउँपालिकाले खाद्य बैंकको अवधारणा कार्यन्वयनमा ल्याएको छ ।

कोरोना भाइरसको कारण लम्बिदै गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न गाउँपालिकाले यस्तो खाद्य बैंक स्थापना गरेको हो । 

गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाका अनुसार सम्भावित संकटले अप्ठ्यारोमा पर्ने परिवारलाई बैंकमा जम्मा भएको खाद्यान्न दिइने छ । 

सहयोगी मन भएका तर नगद राहात दिन नसक्नेहरुले फूड बैंकमा सहयोग पठाउन सक्ने उनले बताइन् । 

बैंकमा दाल, चामल गेडागुडि, मसला, तरकारीलगायतका वस्तु जम्मा गर्न सकिने उपाध्यक्ष ढुंगानाले बताइन् । शुक्रबार स्थापना गरिएको खाद्य बैंकमा १२० किलो चामल र चार बोरा हरियो सीमी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया