अब लकडाउनभर एक स्थानीय तहबाट अर्कोमा जान बन्द

६ बर्ष अगाडि

सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले  कोरोना भाइरसको संक्रमित थपिएपछि संक्रमण रोकथामका लागि  लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया