भिड अत्यधिक हुन थालेपछि कोरोना भाइरस संक्रमणको सुरक्षाको लागि बुटवलको कृषि थोक बजार केन्द्र बन्द गरिएको छ ।
देशभर कोरोना भाइरसको त्रास फैलिरहेका कृषि थोक बजार केन्द्रमा सयौको संख्यामा भीड बढेपछि बुटवल उपमहानगरपालिकाले बिक्री वितरणमा रोक लगाएको हो ।
उक्त केन्द्रको सञ्चालक समितिको वैठकले कारोवार बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । आज बिहान रातोपाटीमा जताजतै कोरोनाको त्रास हुँदा पनि बुटवलको कृषि उपज केन्द्रमा भिडभाड भएको समाचार छापिएको थियो ।
समाचार आएलगत्तै उपमहानगरपालिकाले चिैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिएको बताइएको छ ।
केन्द्रका व्यवसायिक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्री वितरण हुँदै आएको थियो ।
भिड बढेपछि तिनै सटरहरु बन्द गर्ने निर्णय गरिएको र बुटवलका विभिन्न चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
प्रतिक्रिया