नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कैलाली र कञ्चनपुरमा गरी २ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज भारतबाट फर्किएका २ जना र पहिला संक्रमण भेटिएका पुरुषका आफन्त एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
संक्रमण भेटिनेहरुमा भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि संक्रमण भेटिएका कैलालीका पुरुषका आफन्त महिलामा कारोना संक्रमण भेटिएको हो ।
ति महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूष (नेपालमा भेटिएका चौथो संक्रमित) की भाउजु हुन् । ती महिलाका देवर युएईबाट नेपाल आएर नमुना परिक्षण गराउँदा संक्रमण भेटिएको थियो ।
बाहिरबाट आएका संक्रमितबाट नेपालमा अर्को व्यक्तिमा कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।
प्रतिक्रिया