काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र निर्वाचन आयोगबीच रहेको समानुपातिक विवाद अझै समाधान हुन सकेको छैन ।
प्रदेशसभा समानुपातिकको बन्दसूची बुझाउने क्रममा राजपा नेपालले क्रमसंख्या, समावेशी समूह तथा लिङ्ग समेतमा गडबड गरेका कारण अहिले आएर विवाद भएको हो ।
राजपा नेपालले बुझाएको समानुपातिक सूचीमा दुई र पाँच नम्बर प्रदेशमा समावेशीतर्फ सबैलाई मधेशी सूचीमा नै राखिएको छ भने सात नम्बर प्रदेशमा तीनजनालाई खसमा राखेर अरु सबैलाई थारुको सूचीमा राखिएको छ ।
जब कि समावेशीका लागि थारु, आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम र खस आर्य छुट्याएर पठाउनु पथ्र्यो । तर सबैलाई मधेशी नै तोकेर पठाइएको हो । यहाँसम्म कि महिलालाई पुरुष र पुरुषलाई महिला पनि बनाएको छ । त्यसलाई आयोगले नै सच्याएको छैन ।
पठाएको सबै समानुपातिक सूचीलाई मधेशी कलस्टरमा नै राखिएको छ । यसले गर्दा अहिले क्रमसँख्या र समावेशी समूह अनुसार नाम छनौट गर्न समस्या भएको छ । सूचीमा सबै मधेशी भएका कारणले माथीबाट तीनजना पुरुष र सात जना महिलाको नाम दिन आयोगले भनेको छ ।
प्रतिक्रिया