विश्वमा कच्चा तेल भण्डारण गर्ने ठाउँकाे अभाव हुने संकेत, तेल किन्नेले उल्टाे पैसा पाउने अवस्था

६ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएपछि तेल विक्री नहुँदा कच्चा तेलको मूल्य १८ वर्षकै सबैभन्दा सस्तो भएको छ ।  

कोरोनाका कारण सवारी साधन, हवाइजहाज र उद्योग धन्दा नचल्दा र विकास निमार्णका काम ठप्प हुँदा विश्वभरी प्रशोधित तेलका भण्डारणहरु सहेत भरिन थालेका छन् । 

न्युवर्गर बर्मनका वरिष्ठ ऊर्जा विश्लेषक जेफ वेलका अनुसार यो भनेको आपूर्ति यति अधिक भयो अर्थात् भण्डारण सुविधाहरु, रिफाइनरीहरु, टर्मिनलहरु, जहाजहरु र पाइपलाइनहरु सबैको अधिक क्षमता उपयोग भइसकेका छन् । 

‘बजारले संकेतहरु देखाउन थालिसकेको छ कि कच्चा तेलको माग नहुने मात्र नभएर यो कहीँ पनि नजाने अवस्था आउन सक्छ ’, उनले भने, ‘अव विश्वका लागि तेल अनावस्यक भएको अवस्था आएको छ । जुन स्थिति सन् १९९८ यता कहिल्यै आएको थिएन ।’ 

गोल्डम्यान स्याक्स्का अनुसार केही अन्तर्राष्ट्रिय तेल बजार केन्द्रहरुमा देखिएको घट्दो मूल्य निर्धारणको दबाब (डिस्ट्रेस प्राइसिङ) ले लगानीकर्ताहरुले चाँडै निम्तिन सक्ने जोखिमलाई हेरेर मूल्य तोक्न थालेको देखाउँछ।

कच्चा तेल (क्रुड) को मूल्य निर्धारणमा बेञ्चमार्क मानिने दुई प्रमुख ग्रेड ‘वेष्ट टेक्सास इन्टरमीडिएट’ (डब्लूटीआई) र ‘ब्रेन्ट’ को कारोबार प्रतिब्यारेल २० अमेरिकी डलरको हाराहारीमा पुगेका छ । अझ केही ‘ल्याण्डलक्ड ग्रेड’ मा त क्षेत्रीय मूल्य एकल विन्दु मा झरेको छ । 

के छ त अब भण्डारणको विकल्प ?

धेरै भएको कच्चा तेल ज्यादै ठूला कच्चा तेलवाहक पानीजहाज (भीएलसीसी) मा २० प्रतिशत अस्थायी भण्डारण गर्न सकिने विज्ञहरुले जनाएका छन्। तर त्यसरी पनि पूरै अट्ने छैन। 

यो अप्रिल महिनामा दैनिक करीब ६० लाख ब्यारेल ‘होमलेस क्रुड’ कतै पनि खपत नहुने जीबीसीले बताएको छ ।  मे महिनामा त्यो बढेर दैनिक ७० लाख ब्यारेलमा उक्लिने अनुमान छ ।

मुद्रास्फिती समायोजित तेलको मूल्य पछिल्लो ७५ वर्षमै सायदै अप्रिल १ कोभन्दा सस्तो भएको होला । 

ऋणात्मक मूल्यउन्मुख 

ब्लुम्बर्गको गत हप्ताको समाचार अनुसार धेरै तेल थुप्रिँदा अहिले यस्तो परिदृश्य सिर्जना गर्दैछ जहाँ केही अस्पष्ट ग्रेडका तेलहरु अहिले नै शून्यभन्दा तल झरिसकेका छन्। उदाहरणका लागि, वायोमिङ क्रुड ग्रेड हालै –१९ सेन्ट (ऋणात्मक) मा बिड भएको थियो । 

भण्डारण क्षमता घट्दा केही समयमा तेल उत्पादकहरुले  आफूसँग भएको तेल लगेवापत उल्टो पैसा तिर्नुपर्ने अवस्था आउने आंकलन गरिएको छ । ‘कम्पनीहरुलाई सतहमा तेल राख्न बाध्य पार्ने स्तरमा मूल्य जान खोज्दैछ । यसो हुनका लागि मूल्य ऋणात्मक हुनुपर्नेछ,’ न्युवर्गरका वेल बताउँछन्। 

ग्लोबल बेञ्चमार्क ‘ब्रेन्ट’ को भण्डारण नर्थ सीको एक टापुमा राखिएकोले ट्यांक भण्डारण पहुँचमा छ । तर कच्चा तेलका अन्य ग्रेडहरु पानीभन्दा धेरै टाढा अवस्थित छन् । 

अर्को ग्लोबल बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमीडिएट (डब्लूटीआई) पानीभन्दा पाँच सय माइलको दुरीमा छ । यसैले गोल्डम्यानले भनेको छ – डब्लूटीआई ९विशेषगरी डब्लूटीआई मिडल्याण्ड० र क्यानडाको वेस्टर्न क्यानेडियन सेलेक्ट’ को मूल्य ऋणात्मक हुनसक्नेछ ।

तेलको मूल्य ‘सब–जिरो’ ९शून्यभन्दा तलको० अवस्थामा हुनु निश्चय नै विचित्र हो । तर ऊर्जा बजारका केही सीमित प्राथमिकताहरु छन् ।

गत वर्ष वेस्ट टेक्सासमा अमेरिकी प्राकृतिक ग्यासको कारोबार दुई हप्ताभन्दा बढी समय ऋणात्मक मूल्यमा भयो । ग्यास लैजानका लागि पर्याप्त पाइपलाइनहरु नभएकाले त्यसरी ऋणात्मक मूल्यमा कारोबार भएको रोयटर्सले उल्लेख गरेको छ ।

मार्केट सर्प्लसको भयावह अवस्थाले तेल कुवा बन्द हुनसक्ने 
प्राकृतिक ग्यासको मूल्य ऋणात्मक भए पनि यसले उत्पादनलाई भने हतोत्साही गर्दैन । किनकि, वेस्ट टेक्सास प्राकृतिक ग्यास पर्मियन बेसिनबाट निकालिएको तेलको सह–उत्पादन ९बाइ(प्रडक्ट० मात्र हो । तेल कम्पनीहरु ठूलो परिमाणमा मूल्यवान तेल निस्कने भएकाले त्यसका लागि प्राकृतिक ग्यासमा घाटा खान पनि तयार थिए ।

मूल्यमा पतन आएसँगै गत जनवरीको उच्च विन्दुयता तेलले दुइतिहाई मूल्य गुमाइसकेको छ । अहिले अनिच्छाका बाबजुद अमेरिकी तेल कम्पनीहरु उत्पादन बन्द गर्ने पीडादायी निर्णय लिन शुरु गर्दैछन् ।

गोल्डम्यान स्याक्सका अनुसार, कम्पनीहरुले भौतिक अवरोधहरुबाट बाध्य भएर दैनिक कम्तिमा नौ लाख ब्यारेल उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्, जुन आँकडा वास्तवमा त्योभन्दा पनि बढी रहेको र हरेक घन्टा बढ्दै गएको दाबी गरिएको छ ।

मार्केट सर्प्लसको यस्तो भयावह अवस्थाले यो अप्रिल र मे महिनामै ठूलो परिमाणमा उत्पादन बन्द हुने नर्वेजियन स्वतन्त्र ऊर्जा विश्लेषक कम्पनी रिस्ताद इनर्जीले बताएको छ । पुराना र कम उत्पादनशील तेल कुवा ९खानी० हरु शुरुमा बन्द हुने रिस्तादको विश्लेषण छ ।

सबैभन्दा बलिया अमेरिकी तेल कम्पनीहरुले समेत खर्च र उत्पादन क्षमता घटाउने बताएका छन् । उदाहरणका लागि, सेभ्रोन ९सीभीएक्स० ले गत हप्ता ३० प्रतिशतले खर्च कटौती गर्ने र पर्मियनमा २० प्रतिशतले उत्पादन कम गर्ने योजना सार्वजनिक गरेको छ । फलतः उद्योगको दैनिक तेल आपूर्ति क्षमतामा ५० लाख ब्यारेलले कमी आउन सक्ने गोल्डम्यान स्याक्सको भनाइ छ ।

तेल उद्योगका लागि झट्का
कोरोना भाइरस विश्वव्याधिका कारण तेलको कमजोर मागको अवस्था निश्चय पनि सधैं रहने छैन । 

एयरलाइन्सहरुले पनि पुनः उडान भर्न थाल्नेछन् र इन्धन खरिद गर्नेछन् । ड्राइभरहरु अहिलेभन्दा बढी पेट्रोल, डिजेल किनेर काममा जान थाल्नेछन् । अर्थात्, तेलको मागमा केही सुधार अवश्य आउनेछ । 

तर त्यसका आधारमा मात्र तेल उद्योगले पहिलेजत्तिकै धेरै तेल उत्पादन गर्ने छैनन्, खानीहरु बन्द गरिने हुनाले । ‘आजको तेलको प्रचुरता अचानक भोलि अभावमा बदलिन सक्छ जसले गर्दा अर्को वर्ष मूल्य प्रतिब्यारेल ५५ अमेरिकी डलरभन्दा पनि धेरै माथि जान सक्छ,’ गोल्डम्यान स्याक्स कमोडिटीका प्रमुख जेफ्री करी भन्छन् । 

यसैले अहिलेको ऐतिहासिक अनुपातमा अधिक तेल आपूर्तिले अन्ततः तेल उत्पादकहरुलाई झट्का सिर्जना गर्ने उनको विश्लेषण छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया