कोरोना भाईरसको माहामरीले बिश्वलाई गाँजिरहेको बेला नेपाली फिल्म क्षेत्र पनि ठप्प छ । केही यता देखि लकडाउन भएसगै दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको अवस्था दयनिय भएको छ । यहि समयमा अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले फिल्ममा काम गर्ने प्राविधिकलाई राहत स्वरुप सहयोग घोषणा गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै गिरीले उक्त घोषणा गरेका हुन् ।
एउटै स्टाटसलाई निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला, अभिनेता केदार घिमिरे लगायतले पनि पोस्ट गरेका छन् । स्टाटसमा लेखिएको छ, ‘चलचित्रकर्मी साथिहरू । हामिलाइ सुटिंगको समयमा, भोक लाग्दा खाना खुवाउने, हामिलाइ गर्मि हूँदा छाता ओढाउने, हामिलाइ राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो । अतः सबै मिलेर केहि सहयोग गरौँ । हाम्रो तर्फबाट रू १ लाख १० हजार दिँदैछौ । चलचित्र क्षेत्रका इच्छूक साथिहरूले पनि इनबक्स गर्न सक्नु हुनेछ । आउनुस एकमुष्ट सहयोग गरौँ’ ।
प्रतिक्रिया