कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेको छ, यसका कारण ज्याला मजदुरी गरी खाने हरुको समस्यालाई मध्य नजर गर्दै एनआईसी एशिया बैंकले प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई पाँच लाख सहयोग गरेको छ । बैंकले पाँच लाख बराबरको चामल, तेल , नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरेको हो ।
चैत्र २० गते बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
बैंक लेयसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँग को सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको थियो । बैंकले सातवटै प्रदेशमा ।गाहक सहायता कन्द्रहरु स्थापना गरी २४ सैंघण्टा आवश्यक बैंकिङ्ग सेवा जनाएको छ ।
कोरोनासँग कोलडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल , खानेपानी महसुल , हवाईटिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंिकङग जस्ता विद्युतीय माध्यमबाट निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
प्रतिक्रिया