प्रयोगकर्ताले बहिस्कार अभियान चलाएपछि इसेवाले निकाल्यो विज्ञप्ती

५ बर्ष अगाडि

न्यूज पोर्टल ह्याक गरेर समाचार हटाउने इसेवका सञ्चालकले ग्राहकको पैसा चोर्न सक्ने भन्दै बहिस्कार अभियान चलाएपछि इसेवाले आफ्नो बचाउ गरेको छ । 
आज एक विज्ञप्ती निकालेर इसेवाले आफ्नो बचाउ गरेको हो । 

विज्ञप्तीमा इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको बताएको छ । 

इसेवको भगनी संगठन सिरान टेक्नोलोजीले मंगलबार काठमाडौं प्रेसको वेवसाइट ह्याक गरेर समाचार हटाएको थियो । 

काठमाडौं प्रेसको उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलि लगायतको मिलेमतोमा चीनबाट मेडिकल सामग्री ल्याउने ठेक्का हात पारेर अनियमितता भएको लेखिएको थियो । 

इसेवा सञ्चालकले आफूले सञ्चालन गरेको अर्को कम्पनीमार्फत ‘साइवर क्राइम’ गरेको भन्दै चौतर्फी प्रहार पछि इसेवाले विज्ञप्ती निकालेको हो । 

शुक्रबार विज्ञप्ति जारी गर्दै नियोजित रूपमा इसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको उल्लेख गरेको छ।

पढ्नुहाेस्

ग्राहक ढाँट्न इसेवाको झुट, भन्यो – ‘भगिनी संस्थासँग कुनै सम्बन्ध छैन’

नेपालका ४८ बैंक तथा वित्तीय संस्था ह्याकरको जोखिममा, ग्राहककाे पैसा असुरक्षित भएपछि झस्किए बैंकरहरु

इसेवाले खाताबाट पैसा चोर्न सक्छ भन्दै प्रयोगकर्ताले चलाए बहिस्कार अभियान

 

५ बर्ष अगाडि

प्रतिक्रिया