काठमाडौं – शनिबार जमलस्थित चेम्बर भवनमा नेपाल महिला चेम्वर, व्यापार समितिले तीज विशेष मेलाको आयोजना गरेको छ ।
सो मेलाको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरिन् । कार्यक्रम मन्त्री थापाले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सहुलियतपूर्ण ब्याजदरमा ऋण सुबिधा दिलाउने सरकारको योजना रहेको बताइन्। उद्घाटन पश्चात् मन्त्री थापाले मेलाको अवलोकन समेत गरेकी थिइन् ।
कार्यक्रममा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उद्यमीको उद्यमशिलताको कदर हुन सके मात्रै देशको बाणिज्य क्षेत्र सबल हुने धारणा राखे ।
यसैगरी महिला चेम्बरकी अध्यक्ष डा अन्जान शाक्यले महिलाहरुले ब्यवसाय सन्चालन गर्दै राज्यलाई कर तिर्ने, रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्पूर्ण भूमिका निर्बाह गर्दै आइरहेको धारणा राखिन् ।
यसैगरी कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरका सह–अध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्व र उद्यमशीलतालाई जोडेर व्यवसायीकताको बिकास गराउनु मेला आयोजना गर्नुको उद्देश्य रहेको बताइन् ।
मेलामा महिला उद्यमीद्वारा उत्पादित तथा बिक्री बितरण हुँदै आएका पहिरन, शृंगार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखिएको पनि श्रेष्ठले जानकारी दिइन् ।
प्रतिक्रिया