चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५० हजार २५५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ८१ हजार ४२५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटली र स्पेनमा यस भाइरसबाट दिनकै सयौ मानिसहरुको मृत्यु भइरहेको छ ।
इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् । इटली आज मात्रै ७६०जनाको मृत्यु भएको छ ।
स्पेनमा १ लाख १० हजार २३८ कुल सङ्क्रमित भएका छन् भने, १० हजार २३ को मृत्यु भएको छ । यसैबीच स्पेनमा पनि आज मात्रै ६१६ को मृत्यु भएको छ ।
संयुक्तराज्य अमेरिकामा २ लाख २७ हजार ६१ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३४५ को मृत्यु भएको छ ।यसैबीच १० हजार २६५ निको भएर फर्किएका छन् ।
त्यस्तै बेलायतमा पनि एकैदिनमा ५६९ को मृत्यु भएको छ । बेलायतमा कुल संक्रमितको संख्या ३३ हजार ७१८ रहेको छ भने मृत्यु हुनेको संख्या २ हजार ९२१ पुगेको छ ।
यस्तै हाम्रो छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो रहेको छ । भारतमा आज मात्र ३४३ नयाँ संक्रमित भेटिएका छन् भने कुल संक्रमितको संख्या २ हजार ३४१ पुगेको छ र हालसम्म ६८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया