कोरोना उपचार कोषमा सरकारी निकायको मात्रै १ अर्ब धेरै सहयोग, कसले कति दिए ?

६ बर्ष अगाडि

सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सरकारनी निकायबाट मात्रै १ अर्ब भन्दा धेरै सहयोग संकलन भएको छ । 

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार अर्थ मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायबाट १ अर्ब २ करोड ९६ लाख रुपैया संकलन भएको हो । 

कोषमा योगदान गर्नेमध्ये सबैभन्दा धेरै अर्थ मन्त्रालय अन्तर्गतका निकाय छन् । अर्थ मन्त्रालय अन्तर्गतका विमा समितिबाट ५ करोड, नेपाल धितोपत्र बोर्डबाट ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड, 
नेपाल स्टक स्क्चेन्जबाट ३ करोड ५१ लाख, सिडिएस कम्पनीबाट ३५ लाख प्राप्त भएको छ । 

त्यस्तै राष्ट्रिय वीमा कम्पनी लिमिटेडले २ करोड, राष्ट्रिय बीमा संस्थानले १ करोड, नेपाल पुर्नबीमा कम्पनीले १ करोड ११ लाख, नागरिक लगानी कोषले २ करोड र कर्मचारी सञ्चय कोष ५ करोड सहयोग गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड र नेपाल टेलिकमले १२ करोड सहयोग गरेका अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको नेपाल आयल निगमले ५० करोड राहत कोषमा सहयोग गरेको छ । 

यो रकम बाहेक २० भन्दा बढि बैंकहरुबाट २२ करोड योगदान गर्ने घोषणा भएको र रकम निरन्तर आउने प्रक्रिया रहेको जनाइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया