हेलिकप्टर दुर्घटनाकी घाइते डोल्मालाई काठमाडौं ल्याइयो, ६ जनाको मृत्यु

७ बर्ष अगाडि

काठमाडौं– अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाकी घाइते गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकीलाई काठमाडौं ल्याइएको छ । 
उनलाई  हेलिकोप्टरबाट काठमाडौं ल्याएर मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । 
सो दुर्घटनामा पाइलटसहित  ६ जनाको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 


९ एन–एएलएस कलसाइनको सो हेलिकप्टरमा सवार पाइलट निश्चल केसीसहित मृत्यु हुनेमा  जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ । 
गोरखाको सामागाउँबाट काठमाडौंको लागि उडेको हेलिकप्टर शनिबार बिहान धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्ने  मेघान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया