भ्रष्टाचार विरूद्ध प्रधानमन्त्रीकाे एक्सन : एकैदिनमा मेडिकल सामग्री खरिद सम्झौता रद्द

६ बर्ष अगाडि

खरिद प्रकृयामा भ्रष्टाचार भएको थाहा पाएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका सामग्री खरिद प्रकृयाको ठेक्का तोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको खुलेको छ । 

प्रधानमन्त्रीका एक विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि तुरुन्त ओम्नी समूहसँग भएको सम्झौता रद्ध गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको खुलेको हो । 

प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरुले  सो विषयमा जानकारी गराएका थिएनन् तर, सल्लाहकारको सो घेरा तोड्दै एक विस्वासपात्रले वास्तविक कुरा प्रधानमन्त्रीलाई बताएका थिए । 

रातोपाटी लेख्छ ‘प्रधानमन्त्रीले बालुवाटारमा पुगेका ती विश्वासपात्रबाट यथार्थ जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई तत्काल सम्झौता रद्द गर्न ठाडो आदेश दिएका थिए ।’ 

पढ्नुहाेस् : चीनबाट  मेडिकल सामग्री ल्याउने ओम्नीको सम्झौता रद्ध, धरौटी जफत

प्रधानमन्त्रीको ठाडो आदेशसँगै स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरिसकेको छ । 

सम्झौता खारेज गरेलगत्तै  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा गरेर समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेको जानकारी गराएका थिए । 

साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठको भनाइ थियो । 

 ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको समेत उनको भनाइ थियो । 

विभागले सम्झौता गर्दा बजारमूल्यभन्दा अति महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै चौतर्फी विरोधसमेत भइरहेको छ । 

कतिपयले  सम्झौता रद्ध हुनुले भ्रष्टाचार भएको पुष्टि भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्ने समेत माग गरेका छन् । 

पढ्नुहाेस् : काम नलाग्ने कोरोना परिक्षण किट किनेर ७ करोड स्वाहा, मन्त्री र सल्लाहकारकै सेटिङमा कराेडाैंकाे चलखेल

 

६ बर्ष अगाडि

प्रतिक्रिया