सानिमा बैंकले लकडाउन अवधिभर देशभरीका स्थानीय तहका शाखाहरु आवस्यकता अनुसार खोल्ने भएको छ ।
आजदेखि उपत्यका बाहिरका शाखाहरु सम्बन्धित स्थानीय तहको स्वीकृतिमा आवस्यकताअनुसार चल्ने बैंकले जनाएको छ ।
बैंकको खुल्ने समय भने बिहान ११ देखि दिउँसो १ बजेसम्म खुल्नेछन् ।
त्यस्तै बैंकले काठमाडौं उपत्यकामा भने ६ दिन पालैपालो गरेर शाखाहरु खोल्ने भएको छ । बैंकको नक्शालमा रहेको प्रधान कार्यालय आईतबारदेखि शुक्रबारसम्म खुल्ने छ ।
त्यस्तै आईतबार न्यूरोड, कुमरीपाती र सूर्यबिनायक शाखा, सोमबार चुच्चेपाटी, सातदोबाटो र कलंकी शाखा, मंगलबार गोंगबु, नयाँ बानेश्वर र एकान्तकुना, बुधबार टेकु, नयाँ बजार र बनेपा शाखा खुल्ने छन् ।
बिहीबार महाराजगंज, कान्तिपथ र गगठ्ठाघर तथा शुरुबार पुतलीसड, जोरपाटी र गौशाला शाखा खुल्ने बैंकले जनाएको छ ।
सबै शाखाहरुको खुल्ने समय भने बिहान ११ देखि दिउँसो १ बजेसम्म रहेको छ ।
प्रतिक्रिया